Logo

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जादैछन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु ५ असोजमा चीन भ्रमणमा जान लागेको बताए ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डको चिनियाँ राष्ट्रपति शी जिनपिङसंग हाङजाओमा भेटघाटको कार्यक्रम रहेको छ ।संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने प्रधानमन्त्री प्रचण्डको कार्यक्रम तय छ ।

प्रधानमन्त्री प्रचण्डको २५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

केके छन भ्रमणको प्राथमिकतामा ?

चीन भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डलेभने, ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको हो ।’

चोङकिङ महानगरका साथै तिब्बतको भ्रमण गरेर फर्किने आफ्नो कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘कोभिड महामारीपछि प्रधानमन्त्रीको हैसियतमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीनको द्धिपक्षीय सम्बन्ध थप मजबुत बनाउनुका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा छिमेकीको सहयोगबारे छलफल हुनेछ ।’


सम्बन्धित समाचार