Logo

३ असोज,वीरगञ्ज । वीरगञ्जमा म्याद उल्लेख नभएका सौन्दर्य सामाग्री बिक्री वितरण हुँदै आएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालयले गरेको बजार अनुगमनको क्रममा म्याद उल्लेख नभएका सौन्दर्य सामग्री भेटिएको हो ।

वीरगञ्जको रेशमकोठी टोलमा विभिन्न ब्राण्डका अनुहारमा लगाउने क्रिमहरु टोलीले बरामद गरेको छ । श्रृंगार सामाग्रीहरुको बिक्री वितरण भइरहेको पसलबाट म्याद नै उल्लेख नभएको क्रिम भेटिएको उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलले जानकारी दिनुभयो ।

रेशमकोठीस्थित श्रृंगार महल नामक पसलमा भेटिएको उक्त क्रिमका बट्टा भने नभएको उहाँले बताउनुभयो । पसलेले म्याद गुज्रिएपछि उपभोक्ताले थाहा नपाओस् भनेर ती सौन्दर्यका सामानहरुको बट्टा फालिदिने गरेको भुजेलको भनाइ छ । बरामद भएका सामान नष्ट गरिएको छ ।

अनुगमनको क्रममा पसलहरुलाई नगद जरिवानासमेत गरिएको छ । जसमध्ये श्री श्याम भण्डार, चाबोसती मार्केटिङलाई जनही पाँच–पाँच हजार जरिवाना गरिएको वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार