Logo

४ असाेज, जितपुर बारा । वीरगञ्ज नाकाहुदै अवैध रुपमा भित्रिएको करिब एक करोड मुल्य बराबरको सामान सहितको गाडि गएराति बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा न २१ अमलेखगंजमा बिलबिजक नभएको ३ वटा ट्रकमा लोड गरिएको सामान र पिकअपमा लोड गरिएको पाँचवटा गाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ००८० नम्वरको ट्रकमा करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको खुद्रा सामान रहेको प्रहरीको भनाई छ । त्यसैगरी ना ३ ख ७३११ नम्वरको ट्रकमा समेत २३ लाख २७ हजार १ सय ६० रुपैया मूल्य बरावरको सामान रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले नियन्त्रणमा लिएको ना ३ ख ४५६० नम्वरको ट्रकमा २५ लाख ९८ हजार ३ सय ४२ रुपैया बरावरको खुद्रा समान रहेका छ । तीनवटा गाडी वीरगञ्ज, पथलैया हुदै अमलेखगंज जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अहिले पर्साका विभिन्न नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भइरहेको स्रोतले जनाएको छ । चाडवाडलाई लक्षितगरी व्यापारीले खरिद गर्ने अधिकांश उपभोग्य सामान चोरी मार्ग भएर वीरगञ्ज भित्रिने गरेको छ ।

अवैध मार्गभएर सामान आउन थालेपछि भंसार नाका भएर भित्रने उपभोग्य सामानमा गतबर्षको तुलनामा ५० प्रतिशत कम भएको वीरगञ्ज भंसारले जनाएको छ । प्रहरीको मिलोमतोमा पर्साका विभिन्न नाकाबाट तस्करी भएको सामान बारा र मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौडा बाट महोत्तरी तर्फ जादै गरेको बा २१ च ८९९७ न को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मुल्य बराबरको पाँच वटा गाँई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

त्यस्तै काठमाडौँबाट मलगंवातर्फ जाँदै गरेको प ३ ०१ ००६ नम्बरको बसमा १० वटा कार्टनुमा लोड गरिएको १८ लाख ४६ हजार ४ सय २० मुल्य बराबरको डिस्पोजल ईलेक्ट्रोनिक सिग्रेट निजगढबाट प्रहरीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तीनवटा ट्रकमा लोड भएको सामान अहिले नखोलिएकाले सामग्रीको बिवरण आउँन नसकेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए ।


सम्बन्धित समाचार