Logo

६ असोज,काठमाडौं । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङ बीच हाङ्चाओमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत गरेक थिए।

१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट भएको हो।

प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 


सम्बन्धित समाचार