Logo

११ असोज,वीरगञ्ज । पर्साको जगरनाथपुर गाँउपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ पर्साले शिविरको आयोजना गरेको हो ।

शिविरमा दुई सय २८ जनाको निशुल्क आँखा चेकजाँच गरिएको थियो । चेकजाँच गरिएकाहरु मध्ये एक सय ८ जनामा मोतियाबिन्दुको समस्या फेला परेको नेपाल नेत्रज्योती संघ पर्साका सदस्य राजन श्रीवास्तवले जनाए ।

उनका अनुसार मोतियाबिन्दुको समस्या देखिएका सबैको राजकुमार महाविर प्रसाद केडिया आँखा अस्पतालमा शल्यक्रिया गरिनेछ ।


सम्बन्धित समाचार