Logo

२२ असोज,वीरगञ्ज । वीरगञ्जको शंकराचार्यद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गएको शुक्रबार राति चोरी भएको थियो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैयाँका राजु मियाँ मन्सुरीका छोरा अरमान अलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।

यसअघि घण्टाघर सौन्दर्यकरणमा प्रयोग भएको बत्ति चोरी भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरि कारबाही गरिसकेको छ ।

 


सम्बन्धित समाचार