Logo

२४ असोज, वीरगञ्ज । सामाजिक संस्था रिलिफ सोसाईटी अफ कमर्सले ३२ औं बार्षिकोत्सवमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

रिलिफ सोसाइटी अफ कमर्स, वीरगन्जको मंगलबार बसेको बैठकले आफ्नो ३२ औं वार्षिक सभाको अवसर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका माउन्ट एडमन्ट स्कुल वीरगन्जका प्रिन्सिपल, अनन्तकुमार लाल दास, सेवा तथा मेलमिलापतर्फ पर्सा मिलन केन्द्र, काठमाडौंका अध्यक्ष उमेश गुप्ता रौनियार, साहित्य तथा भाषाक्षेत्रमा भाषा आयोगका अध्यक्ष साहित्यकार तथा भाषाविद् डा.गोपाल ठाकुर र पत्रकारितातर्फ रातोपाटी अनलाईनका बारा सम्वाददाता शारदा पोखरेललाई सम्मान गर्ने निर्णय गरेको हो ।

उहाँहरुलाई असोज २९ गतेका दिन आयोजना हुने संस्थाको बार्षिक साधारणसभामा सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुराउदै आएको रिलिफ सोसाइटी अफ कमर्सको स्थापाना स्वर्गीय विहारीलाल लाठले गर्नु भएको हो ।


सम्बन्धित समाचार