Logo

२६ असोज,वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा पनि सिङ्गो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताउनुभएको छ । आज मधेशी आयोगको वार्षिक प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति पौडेलले मधेशी समुदाय नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोवास गर्दै आएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति रहेको बताउनुभएको छ ।

प्रतिवेदन बुझाउनुहुँदै मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले मधेश र मधेशीको परिभाषा तय गरेको बताउँदै मधेशी समुदायको जात र थरको पनि सूचीकरण गरेको बताउनुभयो ।


सम्बन्धित समाचार