Logo

२७ असोज,वीरगञ्ज । मधेश प्रदेश प्रहरी कार्यालयले शान्ति पूर्णरुपमा बडा दशैं मनाउँनका लागि ११ बुदे अनुरोध पत्र सार्वजनिक गरेको छ ।मधेश प्रदेश प्रहरीका डिआइजी जनक भट्टराइले बडा दशैं, शुभ दिपावली र छठ पर्व शान्तिपूर्ण तरिकाले मनाउँनका लागि अपील गरेका हुन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले जारी गरेको अनुरोध पत्रमा आग्रह गरिएको छ– ‘सामाजिक सदभाव भड्किने खालको क्रियाकलाप नगरौं, नगराऔं, महंगा गरगहना, धेरै नगद, बहुमुल्य सामान तथा महंगा मोबाइलसहित भीभाँँडमा सकेसम्म नजाऔं । घर तथा पसल बाहिर जाँदा घरको झ्याल ढोका राम्रोसंग बन्द गरौं, बन्द छ कि छैन एकिन गरौं, सकेसम्म साइरन जडित ताल्चाको प्रयोग गरौं ।’

त्यतिमात्र नभइ लामो समयसम्म घर, पसल छोडी बारिह जानु परेमा छिमेकी तथा नजिकको प्रहरीलाई खबर गरी मात्रै जान प्रहरीको अनुरोध छ ।साथै आर्थिक कारोबार गर्दा सकेसम्म डिजिटल प्रविधिमार्फत गरौं र आफ्नो मोबाइल बैकिङको ओटीपी गोप्य राख्न मधेश प्रदेश प्रहरीको आग्रह छ ।

त्यसैगरी सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावद्यिक गर्ने कार्य कदापि नगर्न प्रहरीको अपील छ । चाँडपर्वमा कुनै किसिमको प्रहरी सहयोग चाहिएमा प्रहरी कन्ट्रोल कक्षको १०० वा ९८५४०२९७४२ मा सम्पर्क गर्न मधेश प्रदेश प्रहरीको आग्रह छ ।


सम्बन्धित समाचार