Logo

३ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा चार वटा मोटरसाइकल चोरी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जमा घटस्थापनादेखि लागेको रात्री बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको प्रहरीको आरोप छ । प्रहरी निरिक्षक बोगटीले गोसाईंको समूहले ती मोटरसाइकलहरु चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको बताउनुभयो ।

प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ८ घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने ३२ वर्षिय अजय गोसाईंलाई पक्राउ गरेको हो । गोसाईंले एकै दिनमा चार वटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले चोरी भएको प्रदेश–०२–०२३–०२२ प ९२७२, ना.२६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका गोसाईविरुद्ध अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार