Logo

४ कात्तिक,वीरगञ्ज । दशैं सुरुवातीसंगै मान्छे घर फर्किने क्रम बढ्दो छ । राजधानीसहित विभिन्न ठाउँमा काम गर्नेहरु दशैंको बेला घर आउने गर्छन् ।

सबै भन्दा बढी राजधानी काठमाडौंबाट दशैं मान घर फर्किनेहरु बढी रहेको समाचार आइरहेको छ । यही सिलसिलमा दशैं मनाउन वीरगञ्जमा धेरै मान्छे आएको अनुमान गरिएको छ ।

वीरगञ्ज ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार अन्य समय भन्दा दशैं मनाउन आउनेको संख्यामा बढोत्तरी भएको छ । दशैं मनाउन सप्तमीसम्म करिब ४० हजार मान्छे आएको ट्राफिक प्रहरीको आंकलन छ ।

वीरगञ्जको गण्डक नाकाबाट सबैजना आउने गरेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भास्कर खतिवडाका अनुसारक अहिले दैनिक ५० वटाको हाराहारीमा सुमो र त्यसबाहेक केही बस गाडीमा पनि बीरगन्जमा आउने गरेको छ । उनले भने,‘सबै सुमोमा भरिभराउ आइरहेको छ ।’

यही आधारमा वीरगञ्जमा दैनिक तीन हजार हजारसम्म मान्छे आउने गरेको ट्राफिक प्रहरीको आंकलन छ । यो हिसाबले अन्य सबै सवारीसाधनका गरी पछिल्लो ७ दिनमा करिब ३० हजारको हाराहारीमा दशैं मान्न मान्छे बीरगन्ज आएको ट्राफिक प्रहरी बताउँछ ।


सम्बन्धित समाचार