Logo

४ कात्तिक,वीरगञ्ज । चितवनको माडी नगरपालिकाका ६ जना अशक्ताहरुलाई ह्विल चेयर वितरण गरिएको छ । सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जको सहजीकरणमा उपकार सेवा नेपालको सहयोगमा प्राप्त ६ वटा ह्विल चेयर वितरण गरिएको हो ।

माडी नगरपालिका वडा नम्बर ९ को विभिन्न टोलमा बसोवास गर्ने अपांगता भएकाहरुलाई एक कार्यक्रमको आयोजना गरी ह्विल चेयर वितरण गरिएको नारायणी एफ.एम.का अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिनुभयो ।

माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सज्जन अग्रवाल, सुमन बगडिया लगायतको उपस्थितिमा ह्विल चेयर वितरण गरिएको हो ।


सम्बन्धित समाचार