Logo

५ कात्तिक,धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको ज्वालामुखी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताउनुभयो ।

पटक–पटक चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय राजेश अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन भइरहेको बताउनु भयो । रासस

 


सम्बन्धित समाचार