Logo

५ कात्तिक,रौतहट । रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोटपटक लागेको छ।

चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले जानकारी दिए । शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको मिश्र भनाई छ ।

उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी घाइते भएकी छन्।
शनिबार साँझमा घटनाको खबर आए पनि हात्ती त्यसै ठाउँमा रहेकाले आज बिहान मात्र सेना प्रहरी बन कर्मचारी र स्थानीयको सहयोगमा मृतक महिलाको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी एक नारायण कोइरालाले बताए।

मृतकको शवको खोजी र घाइतेको उद्धार गर्ने क्रममा २ जना प्रहरी लाई समेत चोटपटक लागेको डिएसपी कोइरालाले जानकारी दिएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

 


सम्बन्धित समाचार