Logo

५ कार्तिक, वीरगञ्ज । चितवनको माडी नगरपालिका वडा नंं. ९ का ६ जना अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गरिएको छ ।

उपकार सेवा नेपालको सहयोगमा माडी नगरपालिका वडा नं. ९ स्थित बाँदरझुला, बगही, कृष्णनगर र गणेशकुञ्जका ६ जना अपांगता भएका व्यक्तिलाई ह्विल चेयर वितरण गरिएको हो । वीरगञ्जमा रहेको सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको सहजीकरणमा ह्विल चेयर वितरण गरिएको हो ।

माडी नगरपालिका वडा नंं. ९ का चन्द्रमाया विश्वकर्मा, विगु बोटे, रामलाल प्रजा, कृष्णबहादुर घले, श्याम खड्का र पूर्ण वहादुर प्रर्जालाई उपकार सेवा नेपालकी केन्द्रीय अध्यक्ष विद्यादेवी सरावगीले ह्विल चेयर विरतण गर्नु भएको हो । गरिव, असाहय र अशक्तहरुको लागि उपकार सेवा नेपालले सहयोग गर्दै आइरहेको संस्थाकी अध्यक्ष सरावगीले बताउनु भयो ।

माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपकार सेवा नेपालका केन्द्रीय सदस्य सज्जन अग्रवालले उपकार सेवा नेपालले देशका विभिन्न स्थानमा रहेका आर्थिक अवस्था कमजोर भएका नागरिकलार्ई आँखा उपचार देखि राहतका सामाग्री वितरण गदैै आएको बताउनु भयो ।

सो कार्यक्रममा सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा, कृष्णनगर माध्यामिक विद्यालयका संचालक समितिका अध्यक्ष तथा अयोध्यापुरी गाविसका पूर्व अध्यक्ष नारदमणी पौडेल, समाजसेवी प्रेम आचार्य, उपकार सेवा नेपालकी सदस्य सुमन बगडिया, स्थानीय समाजसेवी गंगावहादुर अधिकारी, विष्णु प्रसाद अधिकार, लगायत जनाप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार