Logo

६ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरापालिकामा सौताको हत्या गरेको आरोपमा जेठी श्रीमती पक्राउ परेकी छन् ।
तीन दिन अगाडि वीरगञ्जको बहुअरीमा चक्कु प्रहार गरी सौताको हत्या गरेको आरोपमा जेठी श्रीमती नुरजहान खातुन पक्राउ परेकी पर्सा प्रहरीले जनाएको छ ।

यही शनिबार आपसी विवाद हुँदा जेठी नुरजहानसहितकाले महिमा खातुनलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । महिमा खातुनको अवस्था गम्भीर भएपछि उपचारका लागि उनलाई बीरगन्जकै हेल्थ केयर अस्पतालमा लगिएको थियो । तर उपचारको क्रममा हिजो महिमा खातुनको भने मृत्यु भएको अस्पतालले घोषणा गर्‍यो ।

महिमा मृत्यु भएपछि श्रीमान इजहारुलहक मियाँ भने फरार भएको पर्सा प्रहरीका निमित्त प्रवक्ता डिएसपी ध्रुव श्रेष्ठले जनाए ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जेठी श्रीमती नुरजहानलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले पुष्टि गरे । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार