Logo

कार्तिक १२,वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा हिजोदेखि शुरु भएको सातौ परसवा गोल्डकप फुटबल प्रतियोगितामा आज दुईवटा खेल सम्पन्न भएका छन् । आज युवा क्लव पकडीटोल र सिद्धपुर तथा आयोजक न्यु परसवा र बारा–११ बिच खेल भएको हो ।

आजको पहिलो खेलमा युवा क्लव पकडीटोल बिजयी भएको छ । युवा क्लव पकडीटोल र सिद्धपुर खक उमंगबीच भएको खेलमा पकडीटोल ०–५ को अन्तरले बिजयी भएको हो । खेलमा पकडीटोलका अभिशेक महतोले ३ गोल गरेका थिए ।

त्यस्तै साजन गौतमले २ गोल गरेका हुन् । खेलमा पकडीटोल क्लवका साजन गौतम म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।

त्यस्तै दोस्रो खेलमा आयोजक न्यू एभरेष्ट क्लब परसवा बिजय भएको छ । परसवाले बारा–११ लाई शुन्यको बिरुद्व ४ गोल अन्तरले पराजित गरेको हो ।

परसवाका लागि बिमल घिसिङ्ग, अभि लामा, समीर राई र अनिल पाचे मगरले एक÷एक गोल गरेका थिए ।

खेलमा न्यू एभरेष्ट क्लब परसवाका जर्सी नं १२ का बिमल घिसिङ्ग मैन अफ द म्याच घोषित भए ।

 

भोलीको पहिलो खेल ठोरी र इनरवा भारत तथा दोस्रो खेल बुद्धनगर र पटेर्वासुगौली देकुली बीच हुने आयोजक संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार