Logo

१३ कात्तिक,सेढवा । र्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा जारी सातौ परसवा गोल्डकप फुटबल प्रतियोगितामा दुई वटा खेल हुँदै छन् ।

आजको पहिलो खेल ठोरी र इनरवा भारत तथा दोस्रो खेल बुद्धनगर र पटेर्वासुगौली देकुली बीच हुने आयोजक संस्थाले जनाएको छ । पहलिो खेल दिउँसो १ बजे हुनेछ भने दोश्रो खेल दिउँसो ३ बजेबाट हुने आयोजकले जनाएको छ ।

हिजो पनि दुईवटा खेल सम्पन्न भएका छन् । हिजोको पहिलो खेलमा पकडीटोल बिजयी भएको छ । युवा क्लव पकडीटोल र सिद्धपुर उमंगकबीच भएको खेलमा पकडीटोल ०–५ को अन्तरले बिजयी भएको हो ।

खेलमा पकडीटोलका अभिशेक महतोले ३ गोल गरेका थिए । त्यस्तै साजन गौतमले २ गोल गरेका हुन् । हिजोको पहिलो खेलमा पकडीटोल क्लवका साजन गौतम म्यान अफ दि म्याच घोषित हुनुभएको छ ।

त्यस्तै दोस्रो खेलमा आयोजक न्यू एभरेष्ट क्लब परसवा बिजय भएको छ । परसवाले बारा–११ लाई शुन्यको बिरुद्व ४ गोल अन्तरले पराजित गरेको हो । परसवाका लागि बिमल घिसिङ्ग, अभि लामा, समीर राई र अनिल पाचे मगरले एक÷एक गोल गरेका थिए । खेलमा न्यू एभरेष्ट क्लब परसवाका जर्सी नं १२ का बिमल घिसिङ्ग मैन अफ द म्याच घोषित भए ।


सम्बन्धित समाचार