Logo

१३ कार्तिक, सेढवा पर्सा । जिराभवानी गाँउपालिकामा जारी ७ औ परसवा गोल्डकप संचालन अवधिभर गाउँपालिकामा विहानको समयमा पठनपाठन हुने भएको छ ।

गाउँपालिकामा जारी गोल्पकपका कारण बिद्यार्थीहरुको पठनपाठन प्रभावित हुन सक्ने भएपछि गाउँपालिका अध्यक्ष अनोज चौधरीले बिहानी कक्षा संचालन गर्न निर्देशन दिएका छन।

सो फूटबल प्रतियोगितामा मार्च पास, खेलाडीहरुलाई स्वागत तथा बिभिन्न क्रियाकलाप संचालनकालागि एक सयभन्दा बढि सामूदायिक तथा निजी बिद्यालयका बालबालिकाहरु परिचालन गरिएका छ।

खेल दिउसो १ बजेदेखि शुरु हुने हुदा बिद्यालयमा अध्ययनरत बालबालिकाहरु पढाईमा ध्यान केन्द्रित नहुने , स्कुल नजाने वा टिफिनमै बिद्यालयबाट भाग्ने संभावना रहेकाले बिहानी कक्षा संचालन गर्नु सूचना जारी गरेको अध्यक्ष चौधरीले बताए।

बिहान ६.३० बजेदेखि १२ बजेसम् कक्षा संचालन गर्न सूचना जारी गरेको अध्यक्ष चोधरीले जानकारी दिएका छन् । आज बिहानदेखि जिराभवानी गाउँपालिका अन्तरगतका २२ वटा सामूदायिक बिद्यालयमा बिहानी कक्षा संचालन भइरहेका छन।

यसका साथै जिराभवानीको छिमेकी जगरनाथपुर गाउपालिकाका वडा नं १, २ र ३ का केही सामूदायिक बिद्यालयहरु पनि गोल्डकपका कारण बिहानी कक्षा संचालन गरीएको जगरनाथपुर गाउँपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार