Logo

१५ कात्तिक,रतनपुर । “खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति“ भन्ने मुल नाराका साथ निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा दोश्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुदै छ ।

रतनपुर युनाइटेड फुटबल क्लबले कार्तिक १६ गतेदेखि कार्तिक २५ गतेसम्म वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकोछ ।

निजगढ नगरपालिका वडा नम्बर ११ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा संचालन हुने प्रतियोगितामा विजेताले एक लाख नगदसहित शिल, मेट्ल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित शिल, मेटल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

दोश्रो वडा अध्यक्ष गोल्डकप अन्तरगत प्रत्येक खेलमा म्यान अफ द म्याचमा एक हजार नगदसहित ट्राफि प्राप्त गर्ने आयोजक रतनपुर युनाईटेड फुटबल क्लबका अध्यक्ष संतोष दनुवारले बताएको छ ।

सो वडा अध्यक्ष गोल्डकप प्रतियोगितामा मधेस प्रदेशलगायत छिमेकी प्रदेश बागमती प्रदेशका हेटौंडा फुटबल एकेडमीले समेत सहभागीता जनाएको छ । दोश्रो वडा अध्यक्ष गोल्डकपमा १० टिमले प्रतिस्पर्धा गर्ने छन ।

जसमा सहभागी टिमहरु हेटौंडा फुटबल एकेडेमी मकवानपुर, जनअभियान बारागढी बारा, वीरगञ्ज युथ एकेडेमी पर्सा, योड्ड स्टार निजगढ–१० लाल, वीरगञ्ज युनाइटेड पर्सा, एभरेष्ट एकेडेमी सर्लाही, चन्द्रपुर गैडाटार रौतहट, सभुझ गण आधाभार विभागीय आर्मी टोलि र आयोजना दुई टिमगरि १० फुटबल टोलिको सहगीता रहने छन ।

उक्त पत्रकार सम्मेलन क्लबका अध्यक्ष संतोष दनुवारको अध्यक्षतामा भएका थिए । भने प्रमुख अतिथिमा निजगढ ११ का वडा अध्यक्ष सहईया गुरो थारुको रहेका थिए ।

सहभागीहरुमा खेलकुदको अभियान्त तथा बारा जिल्ला रेफ्री संघका महासचिव सियाराम कुमर, क्लवका सचीव उमेश गुरो, सदस्य बाबुराम स्यङ्तान, मुनिलाल कुमर, खेलप्रेमी जनकलाल गुरो, रामआशिष गुरो, संतोषकुमार गुरोलगायत युवा समाजसेवीहरुको सहभागीता रहेका थिए ।

कार्तिक १६ गते विहिबार उदघाटन खेलमा हेटौंडा एकेडेमी मकवानपुर र जनअभियान बारागढी बाराविच दिनको २ बजे प्रतिस्पर्धा हदैंछ । हरेक टोल र स्थानबाट खेलाडीहरुलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरेको संस्थाका अध्यक्ष दनुवारले बताए ।

 


सम्बन्धित समाचार