Logo

१८ कात्तिक, वीरगञ्ज। वीरगञ्जस्थित किरण आँखा अस्पतालको सहयोग तथा दाइ भाइ क्लिनिक प्रसौनी भाठाको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।

शिविरमा २ सय ३० जानाको आँखा चेकजाँच निशुल्क गरिएको थियो । उनीहरुमध्ये ४० जनामा मोतियाबिन्दुको समस्य फेला परेको छ ।

वडा अध्यक्ष मोहन राउत अहिरको प्रमुख आतिथ्यमा भएको शिविरमा नन्द लाल मुखिया, चन्दन सहनी लगायतको उपस्थिती रहेको थियो ।

शिविरमा किरण आँखा अस्पतालका निभा कुशवाहा, गुडिया कुमारी, कमलेश कुमार, आरती चौधरी, रामबाबु चौरसिया लगायतले प्रविधिक सहयोग गर्नुभएको थियो ।


सम्बन्धित समाचार