Logo

१८कात्तिक,सेढवा । पर्साको जिराभवानी गाँउपालिका–३ को आयोजनामा जारी परसवा गोल्डकपको सेमीफाइनलमा यूवा प्रगतिशील समाज सेढवा प्रवेश गरेको छ । सेढवाले आजको क्वाटरफाइनल खेलमा आयोजक न्यू एभरेष्ट क्लब परसवालाई १ को विरुद्व गोल गरी सेमीफाइनल प्रबेश गरेको हो ।

सेढवाका लागि जर्सी नं ११ का ओसकरले गोलगरी अग्रता दिलाएका थिए । भने जर्सी नं १५ का ग्यालोरीले थप एक गोल गरेका थिए । त्यस्तै परसवाका अभिनाश स्याङ्गतानले एक गोल गरेका थिए । सेढावाले खेल सकिन दुई मिनेट बाँकी हुँदा सेढवाका जर्सी नं ७ का खेलाडी फोड फोफोनाले थप एक गोल गरेका थिए ।

परसवा जर्सी नं.५ का अभिनाष स्याङ्गतानलाई म्यान अफ दि म्याच घोषित हुनुभएको छ । जिराभवानी गापाका पूर्व गापा अध्यक्ष रामप्रित महतोले उनलाई पुरस्कार वितरण गर्नुभयो । भोलीको दोस्रो क्वाटरफाइनल खेल मनहर्वा बारा र बकुलिया बाराबीच हुने छ ।

लिग चरणको अन्तिम खेलमा जय हिन्द एभरेष्ट क्लब इनरवा भारत बिजय भएको छ । इनरवाले त्रिशुल क्लब बकुलियालाई ० को २ गोल गरी समूह डी का बिजेता टिम बनेको हो । त्यस्तै बकुलिया सोही समूहका उपबिजेता रहेको छ । इनरवाका लागि जर्सी नं १० का लियो र ९ का फिलिप्सले एक एक गोल गरेका थिए ।

आजको खेलमा इनरवाका जर्सी नं ५ का न्यूटन म्यान अफ दि म्याच घोषित भए । इनरवा समूह सी को उपबिजेता पकडीटोलसंग क्वाटरफाइनलमा भिड्ने छ । भने बकुलिया समूह सी को बिजेता मनहर्वा बारासंग भिड्नेछ । भोलीको पहिलो क्वाटरफाइनल खेल सेढवा र आयोजक न्यू एभरेष्ट क्लब परसवाबीच हुने आयोजकले जनाएको छ ।

 


सम्बन्धित समाचार