Logo

२०कात्तिक,वीरगञ्ज । जारी प्रथम वीरगञ्ज गोल्डकप फुटबल’ मा आज सोमबार नेपाल पुलिस क्लब र भारत कोलकताको क्लाइभ हाउस डमडमबिच खेल हुदैछ।

वीरगञ्जको आदर्शनगर रंगशालामा यी दुईबिचको खेल दिउँसो २.३० बजे सुरु हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

यसअघि आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई ४–० गोलले सहजै पाखा लगाउँदै संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।

अब फाइनल प्रवेशका लागि संकटाले झापा एफ.सी. र त्रिभुवन आर्मी फुटबल क्लबबिच मंगलबार हुने खेलको विजेता टिमको सामना गर्नेछ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।


सम्बन्धित समाचार