Logo

२०कात्तिक,सेढवा । पर्साको जिराभवानी गाँउपालिका –३ मा जारी परसवा गोल्डकपमा निचुटा यूथ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटरफाइनल खेलमा निचुटाले पञ्चम यूवा क्लब पटेर्वासुगौली देकुलीलाई दुईको विरुद्व तीन गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेको हो । खेलमा निचुटाका तर्फबाट जर्सी नं ८ का लक्ष्मण चौधरीले पहिलो गोल गरेका थिए । त्यस्तै निचुटाका जर्सी नं. १२ का राज भुषाल र ७ का सागर चौधरीले गोल गरेका थिए ।

त्यस्तै पटेर्वासुगौली देकुलीकातर्फबाट जर्सी नं २५ दिपेश चामलिंङ राई र जर्सी नं ११ का अन्तराष्ट्रिय खेलाडी फैसलले एक÷एक गोल गरेका थिए ।

आजको खेलमा निचुटाका जर्सी नं. १२ का राज भुषाल म्यान अफ दि म्याच घोषित भए । निचुटाले कार्तिक २२ गते बुधबार सेमीफाइनलमा सेढवासँग खेल्नेछ ।

भोली अन्तिम क्वाटरफाइनल खेलमा जय हिन्द एभरेष्ट क्लब इनरवा भारत र उमंग यूवा क्लब पकडीटोलबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताए ।


सम्बन्धित समाचार