Logo

२१ कात्तिक,वीरगञ्ज । पर्साको जिराभवानी गाँउपालिका–३ मा जारी परसवा गोल्डकपमा जय हिन्द एभरेष्ट क्लब इनरवा सेमीफाइनलमा प्रबेश गरेको छ ।

इनरवाले आज भएको क्वाटरफाइनल खेलमा उमंग यूवा क्लब पकडीटोललाई शुन्यको विरुद्व १ गोलले पराजित गरी सेमीफाइनलमा प्रबेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोचक खेलको ५४ औ मिनेटमा इनरवाको जर्सी नं १० लियोले निर्णायक गोल गरेका थिए ।

आजको प्रतियोगितामा इनरवाको लियो म्यान अफ दि म्याच घोषित हुनुभयो । लियोलाई प्रतियोगिताका प्रमुख अतिथि तपसी दास थारुले पुरस्कार वितरण गर्नुभयो ।

इनरवा सेमीफाइनलमा त्रिशुल यूवा क्लब बकुलियासँग खेल्नेछ । भोलीको पहिलो सेमीफाइनल खेलमा प्रगतिशील यूवा समाज सेढवा र निचुटा यूथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले बताउनुभयो ।

गोल्डकपको उपाधी जित्ने टिमले नगद ३ लाख २५ हजार रुपैँया र ट्रफी प्राप्त गर्नेछ भने प्रतियोगिताको उपबिजेता टिमले १ लाख ५० हजार रुपैँया र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

 


सम्बन्धित समाचार