Logo

२२ कार्तिक,सेढवा । पर्साको जिराभवानी गाँउपालिका–३ मा जारी परसवा गोल्डकप २०८० मा निचुटा यूथ क्लब फाइनलमा प्रबेश गरेको छ ।

निचुटाले सेढवालाई फ्री किकमा पराजित गरी फाइनलमा प्रबेश गरेको हो । ९० मिनेटको निर्धारित समयमा कुनै टिमले गोल गर्न नसक्दा फ्री किकबाट निर्णय भएको थियो । आजको खेलमा म्यान अफ दि म्याच निचुटाका गोलकिपर दिलमणी चौधरी घोषित हुनुभयो ।

चौधरीलाई आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले ट्रफी प्रदान गर्नुभयो ।

भोली अर्को सेमीफाइनल खेलमा जय हिन्द एभरेष्ट क्लब इनरवा भारत र त्रिशूल यूवा क्लब बकुलिया बाराबीच फाइनलका लागि प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार