Logo

२३ कात्तिक, काठमाडौं ।सरकारले विराटनगर, काठमाडौ र चितवनस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौँको मूलपानी र चितवनको भरतपुरमा रहेको क्रिकेट रंगशालालाई राष्ट्रिय गौरव आयोजनाका रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको हो।

यसैगरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

 


सम्बन्धित समाचार