Logo

५ मंसिर,वीरगञ्ज । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार यमनसँग खेल्दै छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ।नेपालले यसअघि साँझको खेल साढे ५ बजे खेल्ने गरेको थियो।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको आग्रहमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजेका लागि तय गरेको हो।

दोस्रो चरणको छनोट अन्तर्गत नेपालले पहिलो होम खेल्न लागेको हो। यसअघि लेगको पहिलो अवे खेलमा यूएईसँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने योजनामा हुनेछ।

नेपाल रहेको समूह एचमा यमनसँगै बहराइन र यूएई छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।


सम्बन्धित समाचार