Logo

५ मंसिर,काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकिएको निषेधित क्षेत्र तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट दर्ता भएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दिएका हुन्।

उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोबिन्द प्रसाद घिमिरेले नेपालखबरलाई जानकारी दिए। आगामी मंसिर ७ गते नेकपा एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको तयारी गरेका थिए।

दुई फरक फरक समूहबीच हुन लागेको सो प्रदर्शनमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ।

सो क्षेत्रमा ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो। प्रशासनले दुवै पक्षलाई फरक फरक ठाउँमा प्रदर्शन गर्नका लागि स्थान तोेकेको छ।

प्रशासनका अनुसार युवा संघलाई तीनकुने र दुर्गा प्रसाईंलाई बल्खुमा प्रदर्शनका लागि ठाउँ तोकिएको छ। सो अनुसार दुवै पक्षले आ–आफ्नो तयारी अघि बढाएका छन्।

 


सम्बन्धित समाचार