Logo

५ मंसिर,काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका लागि ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

परिषदको सचिवालयमा मंगलबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान तथा बरिष्ठ अधिवक्ताहरू बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरेको परिषद सदस्य रामप्रसाद श्रेष्ठले जानकारी दिए।

उनीहरूलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्ति हुन्छ।

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि परिषदले ६ जनाको मात्र नियुक्तिका लागि सिफारिस गरेको हो। परिषद स्रोतका अनुसार अहिलेलाई ६ जनामा परिषदको सहमति जुटे पनि बाँकी १ जनामा सहमति भएन।
’आगामी पुसमा सर्वोच्चमा अर्को एक जना न्यायाधीशको पद रिक्त हुँदैछ, त्यसपछि नै दुई न्यायाधीश सँगै नियुक्ति गरौँला अहिलेलाई ६ जना सिफारिस गरौं भन्ने कुरा भयो,’ स्रोतले भन्यो।


सम्बन्धित समाचार