Logo

१६ मंसिर,वीरगञ्ज । पर्साको तिलावे पुलमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएको एक युवकलाई बसले किच्दा मृत्यु भएको छ ।

बिन्द्धवासीनीको तिलावे पुलमा भएको दुईवटा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकलाई पोखरियातर्फ जाँदै गरेको बसले त्यही बेला किच्दा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार आज विहान तिलावे पुलमा दुर्घटनामा सर्लाहीको रामनगर गाउँपालिका – ६ सिसवा टोल निवासी ३५ वर्षीय अभय झाको मृत्यु भएको हो ।

वीरगञ्जबाट पोखरिया तर्फ गइरहेको झा सवार बा ७३ प ४५२८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ३५ प ६४०० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटनामा परेको थियो ।

मृतक झा सवार मोटरसइकल पोखरियातर्फ जाँदै गरेको ना ८ ख ४८६१ नम्बरको बसलाइ ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल अखिलेश मण्डल सवार मोटरसाइकलसंग ठोकिएर घाइते भएको प्रहरी बताउँछन् ।

यही बेला बसलाई ओभरटेक गर्दा त्यहीबसले किचिएर झा गम्भीर घाइते भएको र उपचारको लागि ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख धर्मजङ् थिङले बताए ।

इन्स्पेक्टर थिङका अनुसार अर्को मोटरसाइकल चलाइरहेका कालिकामाई गाउँपालिका – २ निवासी २९ वर्षीय अखिलेश कुमार मण्डल घाइते भएका छन् ।

उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ ,मृतक झाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ ।

ठक्कर दिने बस र बस चालक सिन्धुली कमलामाई नगरपालिका निवासी विष्णु कुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थिङले बताए ।


सम्बन्धित समाचार