Logo

१६ मंसिर,जनकपुर ।संघीयता कार्यान्वयन भएसँगै अस्थायीरुपमा रहदैँ आएको मधेश प्रहरी अब आफ्नै भवनमा रहने भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित संघीय प्रहरी कार्यालय परिसरमा रहेको खाली मधेश प्रदेश प्रहरी कार्यालयको भवन निर्माणका लागि शिलान्यास भएको हो ।

सो भवनको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिम, मधेश प्रदेश प्रहरी प्रमुख तथा डिआइजी जनक भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

मधेश प्रदेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयको भवन निर्माणका लाग २३ करोड रुपैयाँ भन्दा बढी बजेटमा निर्माण कार्य सम्पन्न हुने जनाइएको छ ।

सो भवन निर्माणको लागि मधेश प्रदेश प्रहरी कार्यालय र शिवालय–सुबेदी जे.भि. काभ्रे बीच २०८० असोज २ मा सम्झौता भएको थियो । सो भवन निर्माण कार्य सम्पन्न निर्माण कार्य सुरु भएको १८ महिनामा सम्पन्न गर्नुपर्ने छ ।

सो भवन निर्माणका लागि मूल्य अभिवृद्धिकर सहित २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँ १५ पैसामा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको जनाइएको छ ।

निर्माण हुन लागेको चार तल्ले प्रशासनिक कार्यालय भवनमा प्रशासन महाशाखा, मानवश्रोत व्यवस्थापन महाशाखा, कार्य महाशाख, प्रदेश कार्यालय प्रमुख कार्यकक्ष, प्रदेश प्रमुखको सचिवालय, अपराध अनुसन्धान महाशाखा, साइबर ब्युरो लगायतको शाखा रहने मधेश प्रहरी प्रहरी कार्यालयले जनाएको छ । यस भवनमा लिफ्टको समेत सुविधा रहने छ ।

वि.स.२०७४ साउन ३२ मा स्थापाना भएको मधेश प्रदेश प्रहरी हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्पुरी चोकमा रहेको भाडाको घरमा प्रशासनिक कार्यालय संचालन हुँदै आएको छ ।


सम्बन्धित समाचार