Logo

जनकपुर, मंसिर १७ । धनुषाको बटेश्वर गाउँपालिकामा एक बालिका बलात्कृत भएको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित खेतमा धान काट्ने त्रममा १४ वर्षिया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको पीडित परिवारजनको आरोप छ ।

पडित परिवारले दिएको जानकारी अनुसार धान काटेर साँझ करिब ६ वजे धान ओसार्ने क्रममा रामदुलार महतोको २८ वर्षिय नविन महतोले घर आउने क्रममा एक्लै भएको अवस्थामा उखुवारीमा जर्बस्ती लगेर बलत्कार गरेको हो ।

पीडित परिवारले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिएलगत्तै पीडित बालिकाको स्वास्थ्य परिक्षण गराएको छ भने यता आरोपित नविन फरार भएका छन् ।

उनको खोजतलाश धनुषा प्रहरीले गरिरहेको जनाइएको छ ।


सम्बन्धित समाचार