Logo

१७ मंसिर,बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थित टायल उत्पादन गर्ने उद्योग नेपोभिटमा आगलागी हुँदा करिब २० करोडको क्षती भएको छ ।

आईतबार ३ः३० बजे बिद्युत सर्ट भई भएको आगलागीमा उद्योगको कच्चा पदार्थ , कार्टुन र मेसिनमा क्षती पुगेको उद्योगको प्लान्ट ईन्चार्ज बद्रि कडेँलले जानकारी दिनुभयो ।

आगलागीलाई जीतपुरसिमरा उपमहानगरपालिका ,कलैया उपमहानगरपालिका ,बिरगंज महानगरपालिका र नेपाल प्रहरीको बारुण यन्त्र गरी ५ वटा बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

बिद्युत सर्ट भई भएको आगलागिमा करिब २० करोडको क्षती भएको हुन सक्ने अनुमान मानव संसाधन ब्यवस्थापक मधुकर ठाकुरले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय सिमरा ,ईलाका प्रहरी कार्यालय जीतपुर र उद्योगमा कार्यरत श्रमिकहरुले आगलागिबाट उद्योगमा थप क्षती हुनबाट बचाएका थिए ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल नेतृत्वको टोली आगलागि भएको उद्योगको निरिक्षण गरेको थियो।


सम्बन्धित समाचार