Logo

२० मंसिर,वीरगञ्ज । मधेश प्रदेश सरकारले केपी ओली कपका खेलाडीहरुलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केपी ओली कप ‘टी ट्वेन्टी’ प्रतियोगितामा जीत हासिल गरेका खेलडीहरुलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

पोखरामा भएको केपी ओली कप ‘टी ट्वेन्टी’ विजयी भएपछि मुख्यमन्त्री यादवसंगको भेटघाटको क्रममा उनले यस्तो सहयोग गर्ने घोषणा गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मधेश प्रदेश टिमका खेलाडीहरुलाई बधाइ दिँदै मुख्यमन्त्री यादवले भने,‘ प्रदेशमा खेलकुद विकासको लागि प्रतिवद्ध छु, त्यसकारण यो प्रदेशभरि नै दक्ष खेलाडी उत्पादनका लागि सुविधायुक्त पूर्वाधार खडा गर्ने तयारीमा छु ।’

खेलाडीहरुसंग भेटघाटमा मुख्यमन्त्रीको कार्यालय खेलाडीसहित प्रशिक्षक एवम पदाधिकारीहरुलाई खादा ओढाइ सम्मान गरेको थियो ।

यही मंसिर १५ गते पोखरमा सम्पन्न केपी ओली कप ‘टी ट्वेन्टी’ प्रतियोगितामा मधेश प्रदेश टीमले त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै विजयी बनेको थियो ।


सम्बन्धित समाचार