Logo

२६ मंसिर,काठमाडौं। आइसिसी यू–१९ विश्वकप १९ जनवरीदेखि ११ फेब्रअरीसम्म हुने भएको छ।

आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू–१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक गरेको हो। यू–१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ।

सार्बजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डसँग खेल्नेछ। त्यस्तै जनवरी जनवरी २४ मा पाकिस्तानसँग समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ।

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन्। त्यस्तै समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

समूह चरणका खेलपछि समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् भने समूह बी र सी का शिर्ष ६ टिम सुपर सिक्स खेल्ने छन्। हरेक समूहमा पुछारका टोलीले १२ देखी १६औं स्थानमा लागि प्लेअफ खेल्न पाउने आइसीसीले बताएको छ। नेपालले यू–१९ विश्वकप अघि जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ।

 


सम्बन्धित समाचार