Logo

२९मंसिर,काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार अपराजित टोली ललितपुर सिटी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजे शुरु हुने छ ।

यो खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थानमा उक्लिने छ । यस्तै जित निकाल्न सके झापा शीर्ष चारमा प्रवेश गर्ने छ ।
प्रतियोगितामा ललितपुरको यो छैटौँ खेल हो। दोस्रो स्थानको ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक जोडेको छ ।

पाँच खेलबाट ६ अंक जोडेको झापा भने तालिकाको छैटौँ स्थानमा छ। हालसम्म प्रतियोगितामा झापाले एक खेलमा मात्र जित निकालेको छ।

 


सम्बन्धित समाचार