Logo

फाइल तस्बिर

३० मंसिर,काठमाडौं। इजरायली सेनाले गाजामा आफ्नो अभियानको क्रममा तीन जना बन्धकको गल्तीबस ज्यान गएको बताएको छ । गलत बुझाइबाट बन्धकहरु २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन शमरिज मारिएका इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ ।

आईडीएफले यस घटनामा पश्चाताप व्यक्त गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरमा रहेको शेजैयामा कार्यरत सेनाले तीन जनालाई गोली हानेको थियो । गएको अक्टोबर ७ तारिखमा हमासबाट भएको आक्रमणपछि गाजामा एक सयभन्दा धेरै बन्दी भएका थिए ।

सेनाको यो घोषणापछि मध्य तेल अभीभमा सयौँ मानिसहरू भेला भएर आईडीएमको सैन्य आधारमा जुलुस निकालेका छन् । उनीहरुले बाँकी बन्धकको रिहाइका लागि सम्झौता गर्न आग्रह समेत गरेका छन् ।

 


सम्बन्धित समाचार