Logo

३ पुस, काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ। भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।

उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको छ। केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ। एजेन्सी

 


सम्बन्धित समाचार