![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/386836888_353721190594266_6887341853096142661_n.jpg?fit=2048%2C921&ssl=1)
५ पुस,जनकपुर ।नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु भएको छ । कांग्रेस सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस मधेश प्रदेश समितिको सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।
मधेश प्रदेशको प्रथम सम्मेलनमा भाग लिन ८ वटै जिल्लाबाट कांग्रेस प्रतिनिधिहरु जनकपुर पुगिसकेका छन् । जनकपुरमा जारी सम्मेलनमा ८२५ जना प्रतिनिधि सहभागीता हुने बताइएको छ ।
आजको कार्यक्रममा काँग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले बन्द शत्रमा आफ्नो प्रतिवेदन पेश गर्नेछन् ।
उनले पेश गर्ने राजनीतिक, साङठनिक तथा आर्थिक प्रतिवेदन संशोधनसहित प्रदेश समिति बैठकबाट पारीत भइसकेको समेत जनाइएको छ ।
यसैबीच मधेश प्रदेशमा भइरहेको सम्मेलनको शेखर कोइराला समूह बहिष्कार गरेको छ । मधेश प्रदेशका शेखर कोइराला समूहले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम नोट अफ डिसेन्ट लेखेका छन् ।
काँग्रेसका नेता शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा उनी निकट नेताहरुले यस्तो लेखेका हुन् ।नेता कोइराला पक्षका ८ जना नेताहरूले बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत राख्दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्