Logo

६ पुस,जनकपुर । सत्तारुढ जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेश सरकारको कानूनी सल्लाहकार रहेका वीरेन्द्रकुमार ठाकुरलाई फेर्नलाई आन्तरिक कसरत थालेका छन् ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा रहेका पुर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई ल्याउने चर्चा चुलिएसँगै झाको विरोध जसपा नेपाल भित्रै हुन थालेका छन् ।

मुख्यमन्त्रीमा सरोजकुमार यादव रहेकै बेला झालाई ल्याउने चाहेपनि पुर्वमुख्यमन्त्री राउतको प्रयास विफल भएको थियो ।
तर अहिले केही सातादिनदेखि जनकपुरधाममै रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपाका उपाध्यक्षतसमेत रहेका राउत नेतृत्वमा रहेको स्टेरिंग कमिटीबाट झाको नाम मंगलबार सिफारिस गरेको उच्च स्रोतले जनाएको छ ।

अहिलेका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुरले मधेश आन्दोलनका शहिद परिवारलाई अभद्र व्यवहार गरेकै कारण आलोचनाको शिकार हुनुपरेको भन्दै उनको विकल्पमा झालाई ल्याउन राउतले पुनः प्रयास थालेका छन् ।

राउतको प्रस्तावलाई भने अध्यक्ष यादवलेसमेत विरोध नगरेपछि झा नै पुनः मुख्यन्यायधिवक्ता हुने स्रोतको दावी छ ।
मुख्यन्यायधिवक्ता ठाकुर मुख्यमन्त्री सरोजकुमार यादवका निकटका हुन् ।

पूर्व मुख्यन्यायाधिवक्ता झा पछिल्लो निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नम्वर २ को क बाट प्रदेशसभामा चुनाव लडेपनि पराजित भएका थिए ।
उनीमाथि जसपाका प्रत्यासी प्रतिनिधिसभाका उम्मेदवार हरिनारायण यादवलाई घात गरेको आरोप छ ।


सम्बन्धित समाचार