Logo

७ पुस,वीरगञ्ज । वीरगञ्जमा जारी प्रो–क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

नारायणी रंगशालामा आज भएको पहिलो खेलमा युपी ११ माथि पुलिस क्लवले ६ विकेटले जित हात पारेको हो । युपीले दिएको लक्ष्य पुलिसले १४ ओभर २ बलमा चार विकेट गुमाएर भेट्टायो । यसअघि युपी ११ ले २० ओभरमा ७ विकेट गुमाएर ८८ रनमात्र बनाएको थियो ।

यसैगरि आजै भएको दोस्रो खेलमा पर्सा ११ ले जित हात पारेको छ । पर्सा ११ ले वन्डर क्लब नोयडालाई ५ विकेटले हराएको हो । नारायणी क्रिकेट रंगशालामा नोयडाले दिएको लक्ष्य पछ्याएको पर्सा ११ ले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो । यसअघि ब्याटिङ गरेको वन्डर क्लब नोयडाले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय १ रन बनाएको थियो ।

प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाको सहभागीता छ ।

सिंगल राउण्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ ।


सम्बन्धित समाचार