Logo

९ पुस,वीरगञ्ज । राष्ट्रिय खेलकुद परिषद् राखेप ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरिएको छ ।

सातै प्रदेशको समितिमा राखेपका सदस्यलाई संयोजक तोकिएको छ र सातै समिति तीन सदस्यीय छन् ।

मधेश प्रदेशमा मानदेव हजारा संयोजक छन् । यस्तै सदस्यमा मध्याञ्चन खेलकुद बिकाश समिति वीरगन्जका ईन्जिनियर शिवचन्द्र यादव र धनुषा खेलकुद बिकाश समितिका प्रशासकिय अधिकृत बिरेन्द्र कुमार सिंह छन ।

सुदूरपश्चिम प्रदेशमा एकेन्द्र कुँवर, गण्डकी प्रदेशमा राजेश गुरुङ, कर्णाली प्रदेशमा प्रकाशकुमार कुसारी, बागमती प्रदेशमा पेमा डोल्मा लामा, कोशी प्रदेशमा अञ्जन धमला, लुम्बिनी प्रदेशमा एलबी क्षेत्री,

गत चैत १८ गते सम्पन्न खेलकुद पूर्वाधार नीति संवाद– २०७९ मा निकालिएको निचोड अनुरुप सम्भावित संरचानाहरुको पहिचान गर्न, राखेपअन्तर्गत साविकको क्षेत्र तथा जिल्लामा अवस्थित भौतिक पूर्वाधारको अध्ययन निरीक्षण गर्नुका साथै प्रदेश सरकार, स्थानिय सरकार तथा खेलकुदसंग सरोकार पक्षसंग समन्वय गरी २१ दिनभित्र समितिले प्रतिवेदन बझाउनु पर्ने छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले समितिका संयोजकलाई आइतबार पत्र हस्तान्तरण गरे ।


सम्बन्धित समाचार