Logo

९ पुस,वीरगञ्ज । वीरगञ्ज जारी प्रो क्लव च्याम्पियनसिप टि–२० क्रिकेटमा नेपाल आर्मी बिजयी भएको छ । आर्मीले युपी ११ लाई ६५ रनले हराएको हो ।

पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर ५ बलमा अलआउट हुदैँ १ सय ३२ रन बनाएको थियो ।
आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ४४ रन बनाए। भीम सार्कीले २३ रन, साहब आलमले २२ रन र बसिर अहमदले १४ रन जोडे।

यस्तै युपीका बलर वासी अन्सारीले तीन विकेट लिँदा सहिम अहमदले दुई विकेट लिए । यसैगरी, अहमद अन्सारीले दुई विकेट लिए ।

१ सय ३३ रन लक्ष्यसहित ब्याटिङमा उत्रिएको युपी १४ ओभर ३ बलमा सबै बिकेट गुमाएर ६७ रनमै समेटियो ।

उसका लागि अल्तमास आलमले १६ रन बनाएका थिए। यस्तै शुभम चौधरी र जयदीप सिंहले क्रमश ः ११÷११ रन र तरुण कुमारले १२ रन जोडे

आर्मीका बलर पवन कार्की र साहब आलमले समान तीन–तीन विकेट लिए। अर्का बलर सोमपाल कामी र बसिर अहमदले दुई–दुई विके लिए।


सम्बन्धित समाचार