Logo

१० पुस,वीरगञ्ज । वीरगञ्जमा जारी प्रो क्लव च्याम्पियनसिप टी–२० क्रिकेटमा आजपनि दुईवटा खेल हुदैछ ।आजको पहिलो खेल दुईवटा भारतीय टिम उत्तर प्रदेशको टिम युपी–११ र वण्डर्स क्लब नोयडाबीच भईरहेको छ ।

नारायणी क्रिकेट रंगशालामा वण्डर्स क्लब नोयडाले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेर ब्याटिङ गरेको युपी ११ ले पूरै ओभर खेलेर ९ विकेटको क्षतीमा १ सय १४ बनाएको छ ।

जवाफी ब्याटिङमा उत्रिएको नायडा अहिले ब्याटिङ गर्दैछ ।त्यस्तै दोश्रो खेल आज नेपाल पुलिस र पर्सा ११ बीच अबको केहिबेरमा हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार