![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/rajendra-mahto.jpg?fit=1200%2C688&ssl=1)
१० पुस,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेस आन्दोलनमाथि सङ्कट उत्पन्न भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
महोत्तरीमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको विषयलाई लिएर मधेस आन्दोलनलाई आपराधीकरण गरिएको भन्दै उनले यसले मधेसी जनताको अपमान भएको र त्यसलाई स्वीकार्य नहुने बताए ।
माओवादीको जनयुद्धमा सुरक्षा निकायका थुप्रै व्यक्ति मरेका थिए, त्यो राजनीतिक घटना भयो र मधेस आन्दोलन कसरी आपराधिक घटना भयो उनले प्रश्न गरे ।
आन्दोलनकारीमाथि भएको यस्तो घटनाको जिम्मेवारी तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले लिनुपर्ने बताए ।
नेता महतोले यसमा मदेसवादी दलको सहमति छैन भने तुरुन्तै जवाफ दिनुपर्ने र सरकार छाडेर निस्किनुपर्ने भए पनि त्यसो हुन नसकेको जिकिर गरे ।