Logo

१० पुस,वीरगञ्ज । प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको हो । पर्सा–११ पुलिससँग २५ रनले हारेको हो ।

नारायणी रंगशालामा पुलिसको लक्ष्य भेट्टाउन जवाफी ब्याटिङ गरेको पर्साले २० ओभरमा ८ विकेट गुमाएर ९९ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले एक सय २५ रनको लक्ष्य दिएको थियो । पुलिसले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा एक सय २४ रन बनाएको हो ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपीएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दैछन् ।


सम्बन्धित समाचार