Logo

१३ पुस,वीरगञ्ज । पर्सा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पर्सा प्रहरीमा जाहेरी परेलगत्तै फरार भएका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पर्साको पर्सागढी नगरपालिका वडा नं. ७ रघुनाथपुर बस्ने खेदरु महरा चमारका छोरा अन्दाजी २० वर्षीय देवनारायण महरा चमरालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

देवनारायणमाथि जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता  छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार