Logo

१३ पुस,वीरगञ्ज । पर्सा–११ र नेपाल पुलिस क्लव वीरगञ्जमा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

पर्सा–११ ले नेपाल आर्मीलाई र नेपाल पुलिस क्लवले वण्डर्स क्लव नोयडालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।

नारायणी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा पर्सा बिजयी भएको छ । पर्साले आर्मीलाई ३१ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पर्साले १९ ओभर ४ बलमा अलआउट हुदैँ ९९ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको आर्मी भने १६ ओभर २ बलमा ६८ रनमै रोकियो ।

यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लव बिजयी भएको छ । पुलिसले नोयडालाई ४ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको पुलिसले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा एकसय १२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नोयडा २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रनमै समेटिएको हो ।

प्रतियोगितामा भोली शनिबार पर्सा र पुलिसबिच फाइनल खेल हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले बताए ।


सम्बन्धित समाचार