Logo

१४ पुस,वीरगञ्ज । वीरगञ्जमा भईरहेको प्रो क्लव च्याम्पियनसिपको उपाधीका लागि पर्सा–११ ले १ सय ४६ रनको लक्ष्य दिएको छ ।

नारायणी रंगशालामा भईरहेको नेपाल पुलिसले पर्सालाई १ सय ४६ रनको विशाल लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङ गरेको पुलिसले १ सय ४५ रन बनायो । उसले पूरै ओभर खेलेर ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो । लक्ष्य प्राप्तिका लागि अहिले पर्सा ब्याटिङ गरिरहेको छ ।

यस्तै तेस्रो स्थान नेपाल आर्मी क्लवे हासिल गरेको छ । आर्मीले भारतको वण्डर्स क्लव नोयडालाई ६ विकेटले पछि पार्दै तेस्रो स्थान हात पारेको हो ।

पर्सा क्रिकेट संघको आयोजनामा पुष १२ देखि सुरु प्रतियोगितामा नेपालका तीन विभागिय टिमका साथै पर्सा–११ तथा भारतको युपी–११ र वण्डर्स क्लब नोयडा गरी कूल ६ टिमको सहभागिता थियो ।

 


सम्बन्धित समाचार